+
+

काठमाडौको कपनमा लक्ष्मी सनराइज बैंकको सेवा विस्तार 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १३:५२

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका-१० कपनमा रहेका २ शाखा मध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको-१२ स्थित फैकामा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

शाखा स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

यसैगरी बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैंकको शाखा रहेको स्थान – औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?