+
+

कांग्रेसको विरोध औचित्यहीन : वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १४:०७

१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा कांग्रेसको विरोध औचित्यहीन भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै वाग्लले संसद्‌मा कांग्रेसले गरिरहेको अवरोधलाई औचित्यहीन भएको बताएका हुन् ।

नेपाली कांग्रेसले सहकारीको विषयलाई उठाएर समाधानभन्दा पनि संसद्को ओझ, गरिमा असान्दर्भिक बनाउने कदममा गएको आरोप वाग्लेले लगाए ।

‘६५ वर्ष अगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, हामी सबैका प्रेरणा बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्‍याउने लज्जास्पद र औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ,’ वाग्लेले भने ।

कांग्रेस व्यक्ति केन्द्रित भएर खराब नजिर बनाउनेतिर लागेको वाग्लेले बताए । ‘समिति बनाउनको लागि सहमति भएको छ । समितिको टिओआरमा छलफल चलिरहेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसको औचित्यहीन कर्मकाण्डी विरोधको कुनै सान्दर्भिकता छैन,’ वाग्लेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?