+
+

जीडीपीमा घरजग्गा कारोबारको योगदान ८.३३ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १७:२२
फाइल तस्वीर

१३ जेठ, काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा घरजग्गा कारोबारको योगदान ८.३३ प्रतिशत रहने देखिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । गत आर्थिक वर्ष (आव) २०७९/८० मा ८.२४ प्रतिशत योगदान रहेकोमा चालु आव २०८०/८१ मा ८.३३ प्रतिशत योगदान पुग्ने देखिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो दशक यस क्षेत्रको योगदान औसत ८.७९ प्रतिशत रहेको छ । वार्षिक वृद्धिदर २.३० प्रतिशत रहेको देखिएको छ ।

तथ्यांक अनुसार यस वर्ष घरजग्गा कारोबारमा कमी आए पनि आवास तथा भाडाका क्रियाकलाप भने बढेका छन् ।

जसले गर्दा यस क्षेत्रको मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको हो । यस वर्ष यो क्षेत्रको वृद्धिदर २.९८ प्रतिशत हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?