
RSS
१३ जेठ,काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो ८ महिनामा संघीय सरकारले २८ किलोमिटर नयाँ सडक निर्माण गरेको छ ।
चालु आवको फागुनसम्म १८९ किलोमिटर सडक कालोपत्रे र १९० किलोमिटर सडक ग्राभेलमा स्तरोन्नति भएको अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
२०८० फागुनसम्म संघीय सरकारबाट निर्माण भएको ३४ हजार २ सय ६७ किलोमिटर सडकमध्ये कालोपत्रे ५३.२ प्रतिशत, ग्राभेल २२.५ प्रतिशत र कच्ची सडक २४.३ प्रतिशत रहेको छ ।
फागुनसम्म १८ हजार २४१ किलोमिटर कालोपत्रे, ७ हजार ६९७ किलोमिटर ग्राभेल र ८ हजार ३२९ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार २६७ किलोमिटर पुगेको छ । २०८० असारसम्म सडकको कुल लम्बाइ ३४ हजार २३९ किलोमिटर थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4