+
+
Shares

तालिम, गोष्ठीमै स्वास्थ्य सेवा विभागले गर्‍यो ५० करोड २७ लाख खर्च

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १८:००

१३ जेठ, काठमाडौं । स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ ।

महालेखाको ६१ औं प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४ सय कार्यक्रममा ५० करोड २७ लाख १ हजार खर्च गरेको हो ।

विभागले एक वर्षमा गरेको कूल ३ अर्ब १५ करोड ५१ लाख ८४ हजार खर्च मध्ये उक्त सूचीमा सो रकम खर्च गरेको हो ।

यस्ता कार्यक्रम सघीय तथा प्रदेश तालिम केन्द्र, प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा विभाग आफैँले सञ्चालन गरेको महालेखाले जनाएको छ ।

‘तालिम कार्यक्रमहरू सञ्चालन हुनुभन्दा निकै अगाडि पेस्की दिने, समयमा पेस्की फस्र्योट नगर्ने, विभिन्न होटल तथा आपूर्तकलाई नगदमा भुक्तानी गर्ने, विभागले सवारीसाधन उपलब्ध गराएका कर्मचारीलाईसमेत यातायात खर्च भुक्तानी गर्ने गरेको, एउटै कर्मचारीलाई पटक पटक पेस्की दिएको जस्ता बेहोरा देखिएका छन् । यस प्रकारको तालिम कार्यक्रममा पुनरावलोकन गर्नुपर्छ,’ प्रतिवेदनमा उल्लेख छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?