+
+

स्वयम्भू क्षेत्रमा मोटरसाइकल चोरीको श्रृंखला चलाउने गिरोह पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १९:०७

१३ जेठ, काठमाडौं । स्वयम्भू क्षेत्रमा मोटरसाइकल चोरीको श्रृंखला चलाउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्वयम्भूको टोलीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिका–२ घर भई काठमाडौं डल्लु बस्दै आएका २१ वर्षीय सन्देश शेर्पा भनिने सन्देश सिंह ठकुरी, सिन्धुलीको दुधौली नगरपालिका–१० मंगलपुर घर भई बौद्ध बस्दै आएका २४ वर्षीय मोहनबहादुर घिसिङ, काठमाडौं बुढानिलकण्ठका २३ वर्षीय सुरेश मिजार र मकवानपुरको हेटौडाका ३० वर्षीय सूर्य स्याङ्तान छन् ।

यो समूह मोटरसाइकल चोरी गर्ने पटके समूह रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । २९ फागुन २०८० मा बिहानका राति करिब पौन २ बजेतिर काठमाडौं बिजेश्वरी गीतामाता स्कुल नजिक पार्किङ गरेको बागमती प्रदेश ०२–०३४ प ४२८२ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल यो समूहले चोरी गरेको थियो ।

त्यसपछि ७ वैशाखमा पनि बिहानीपख ३ बजेतिर बिजेश्वरीमै पार्किङ गरेर राखेको बागमती प्रदेश ०२–००३ प ८२०२ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल पनि यही समूहले चोरी गरेको आरोप छ ।

२६ वैशाखमा बिहानीपख ३ बजेतिरै डल्लुमा पार्किङ गरेको बागमती प्रदेश ०२–०४४ प २९१० नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल पनि यही समूहले चोरी गरेको आरोप छ । यो मोटरसाइकल भने प्रहरीले बरामद गरेको छ ।

डल्लुबाटै चोरी भएको बागमती प्रदेश ०२–०२२ प ६३५१ नम्बरको २२० सिसीको मोटरसाइकल पनि यही समूहबाट बरामद भएको प्रहरीले जनाएको छ ।

३० वैशाखमा विजेश्वरीबाट प्रदेश ३–०२–०१२ प ३०४८ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल यही समूहले चोरी गरेको आरोप छ । ६ वैशाखमा काठमाडौं भोटेबहालबाट चोरी भएको ना १५ प ९८१ नम्बरको स्कुटर यही समूहबाट बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?