+
+

सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले बोलायो पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते ११:५२

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले बोलाएको वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

कांग्रेस सांसद जीवन परियारका अनुसार दिउँसो १ बजे सभापति शेरबहादुर देउवा निवासमा बैठक बस्न लागेको हो । उक्त  बैठकले सहकारी प्रकरणका सम्बन्धमा ठोस धारणा तय गर्ने उनले बताए ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ। यसका सम्बन्धमा संसदीय छानबिनको माग गर्दै आएको छ ।

कांग्रेसले लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान लिंदै आएको छ ।

नाम राख्न नसके गोर्खा मिडियाको नाम राख्ने विकल्पमा कांग्रेससहितका नेताहरुका बीचमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेताहरुको बिहान बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । ‘सत्ता पक्षको प्रस्ताव मान्न सकिने छैन । प्रधानमन्त्री अत्यन्तै सकारात्मक लाग्नुभएको छ,’ कांग्रेस सांसद परियारले भने, ‘समग्र सत्ता पक्षको अल्झाइरहने जस्तो देखिन्छ । प्रधानमन्त्रीले दुबै पक्षको राय लिनु भएको छ । उताबाट आएको कुरा पनि हामीलाई पर्याप्त छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?