+
+

शिक्षक सरूवा फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १७:०३

१४ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जिल्ला अन्तर शिक्षकको सरुवा फुकुवा गरेको छ ।

मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ गर्ने/गराउने गरी फुकुवा गरेको जनाएको हो ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै ५ चैत २०८० मा मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्ला अन्तर सरूवा फुकुवा गर्ने निर्णय भएको जनाएको छ ।

मन्त्रालयले सबै स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशिका बमोजिम शिक्षक सरुवा गर्नसमेत अनुरोध गरेको छ ।

शिक्षक सरुवामा आर्थिक चलखेल भएको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गर्ने भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा रोक्का गर्ने निणर्य गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?