+
+

बढुवा भएका ४ डीआईजीलाई दर्ज्‍यानी चिह्न प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १७:५१

१४ जेठ, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका चार अधिकृतलाई दर्ज्‍यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजितक एक कार्यक्रममा चार अधिकृतलाई दर्ज्‍यानी चिह्न प्रदान गरियो ।

४ जेठमा एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी डीआईजी बढुवामा सिफारिस भएका थिए ।

उनीहरुलाई सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र मानव स्रोत विभागका एआईजी भीम ढकालले दर्ज्‍यानी चिह्न प्रदान गरेका हुन् ।

बढुवा भएकाहरुलाई बधाई तथा शुभकामना दिँदै महानिरीक्षक कुँवले कुशलतापूर्वक तोकिएको जिम्मेवारी कुशलतापूर्वक ढंगले पूरा गर्न निर्देशन समेत दिएका थिए ।

उनीहरुको पदस्थापन भने हुन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?