+
+

२ हजार हेक्टरमा फलफूल खेती, ७ लाख विरुवा उत्पादन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १८:४८
फाइल तस्वीर

१५ जेठ, काठमाडौं । सरकारले २ हजार हेक्टरमा फलफूल खेती विस्तार गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पहाडी र उच्च पहाडी क्षेत्रका २ हजार हेक्टर जग्गामा फलफूल खेती विस्तार गर्ने घोषणा गरेका हुन् ।

सरकारले आगामी आव फलफूलको कम्तीमा ७ लाख गुणस्तरीय विरुवा उत्पादन गर्ने गरी १४ सरकारी फर्मको क्षमता विस्तार गरिने घोषणा गरेको छ ।

टिस्यु कल्चर प्रविधिद्वारा विरुवा उत्पादन गर्न अत्याधुनिक प्रयोगशाला स्थापना गरिने पनि बजेटमा घोषण भएको छ । मन्त्री पुनले फलफूल क्षेत्र विकासका लागि १ अर्ब ४४ करोड विनियोजन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?