+
+

५० हजार वर्ष पुरानो मानव हड्डीमा भेटियो अहिलेको भाइरस

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १०:१८

वैज्ञानिकहरूले हालै मानव पुर्खाका दुईवटा प्राचीन हड्डीहरूको अध्ययन गरे । ती हाडहरू मानव पुर्खा निएन्डरथल मानवका हुन् ।

उक्त अध्ययनका क्रममा ती प्राचीन हड्डीहरुमा समेत आधुनिक मानिसमा पाइने विभिन्न तीनवटा भाइरस फेला परेका छन् । जबकि ती हड्डीहरू ५० हजार वर्ष पुराना हुन् ।

ती भाइरसहरू उक्त निएन्डरथलका हड्डीहरू भन्दा पनि २० हजार वर्ष पुराना भएको वैज्ञानिकहरूको ठहर छ। योसँगै वैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा पुरानो मानव भाइरस फेला पारेका छन् । त्यसअघि वैज्ञानिकहरुले साइबेरियामा एउटा बच्चाको दाँत फेला पारेका थिए । त्यसमा ३१ हजार वर्ष पुरानो भाइरस भेटिएको थियो । ती हड्डीहरू रुसको अल्टाइ पहाड नजिकैको चार्गिस्काया गुफामा भेटिएका थिए।

वैज्ञानिकहरूका अनुसार भाइरस एउटा डिएनएबाट अर्को डिएनएमा स्थानान्तरण हुँदै गएको छ । त्यसमा कुनै भाइरस यस्ता छन् जसले आधुनिक मानिसलाई समेत संक्रमित गराउने तथा बिरामी पार्ने गरेका छन् ।

अध्ययन अनुसार आधुनिक मानव अर्थात् होमो सेपिएन्सको सबैभन्दा नजिकको नातेदार अर्थात् पूर्वज निएन्डरथल मानव विभिन्न ३ प्रकारका भाइरसबाट संक्रमित भएका थिए । ती तीनवटा भाइरस एडिनोभाइरस, हर्पिस भाइरस र प्यापिलोमा भाइरस रहेका छन् । ती तीनवटै भाइरसले वर्तमान मानिसलाई पनि संक्रमित गर्ने गरेको छ ।

जस अन्तरगत एडिनोभाइरसले रुघाखोकी, ज्वरो तथा आँखा रातो हुने जस्ता समस्याहरू पैदा गर्दछ भने प्यापिलोमा भाइरसका कारण यौन संक्रामक रोगहरू, जस्तै यौनांगबाट पानी बग्ने तथा विभिन्न प्रकारका क्यान्सर समेत लाग्दछन् । त्यस्तै हर्पिस भाइरसले ठेउलालगायतका रोगहरु लाग्ने गर्दछन् ।

वैज्ञानिकहरुका अनुसार यिनै भाइरसका कारण निएन्डरथल मानव प्रजातिको लोप भएको हो । किनकि त्यसबेला यी भाइरसविरुद्धको उपचार नै थिएन । निएन्डरथल मानव आजभन्दा करिब ४० हजार वर्षअघि लोप भएको हो ।

मानव पुर्खामा हालसम्मकै पूरानो भाइरस फेला परेको सम्बन्धी उल्लेखित अध्ययन हालै bioRxiv जर्नलमा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?