
काठमाडौं । एभरेष्ट इभेन्ट्सद्वारा आयोजित तेस्रो संस्करणको ‘नन्दिनी अर्गानिक मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’ को उपाधि गौरव सिटौला र क्विन्सी श्रेष्ठले जितेका छन् । फिनालेमा ९३ प्रतिस्पर्धीले भाग लिएका थिए ।
पुरुष र महिला गरी दुई भिन्न टाइटलमा भएको प्रतिस्पर्धामा अवय खड्गी र जेसिकासिंह ठकुरी ‘फस्ट रनरअप’, विशेष श्रेष्ठ र मिमोसा राई सेकेन्ड रनरअप, शिशिर रेगामी मगर र एन्जल थापा मगर थर्ड रनरअप, सहारा लामा फोर्थ रनरअप भए ।
दीपशान्त नेपाली र कुसुम गुरुङ आयोजक छनोट, आदित्य गौतम र अप्सना पन्त ब्राण्ड एम्बेसडर, उक्रिशा मुधवारी ब्युटी विथ ब्रेन, निश्चल खत्री, रोजिना कार्की र रञ्जिता कर्माचार्य मस्ट पपुलर र कुसुम गुरुङ तथा छसुम राई भ्युअर्स च्वाइस बने ।
उपाधि विजेताले उपाधिसँगै ५० हजार रुपैयाँ र स्मार्टफोन प्राप्त गरे । सेकेण्ड रनरअपसम्मका विजेताले बुद्ध एयरबाट पोखराकाठमाडौको हवाई टिकट र विश्व मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर प्राप्त गरे ।
सुगन्धा अधिकारी र अर्शु महर्जनको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा रोजिन शाक्यले उदघोषण, एमयुएका अनिश श्रेष्ठले फोटोग्राफी, करुणा ब्यूटी पार्लर र आशिका एकेडेमीले मेकअप र भ्यालेन्टिनो द बुटिक, ज्वाला डिजाइनर र एन्जी डिजिनरले ड्रेस डिजाईनको भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया 4