+
+
Shares

१४ किलो सुन तस्करी प्रकरण : जिल्लाको आदेश उच्चले गर्‍यो सदर, ८ जना थुनामै रहने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १८:१९

२४ जेठ, काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जना थुनामै रहने भएका छन् ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध ८ जना उच्च अदालत पाटन पुगेका थिए । तर, उच्चका न्यायाधीश हरिप्रसाद पौडेल र हेमन्त रावलको बिहीबारको इजलासले जिल्लाकै आदेश सदर गरेपछि उनीहरु थुनामै रहेन भएका हुन् ।

जिल्ला र उच्चको दुबै आदेशबाट थुनामा रहनेहरुमा गोरखाका मीनबहादुर घले, चन्द्र घले, विमानस्थलका नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत, र कृष्णकुमार श्रेष्ठ पुर्पक्षका लागि थुनामै रहने भएका हुन् । १४ लाख धरौटीमा छुटेका जीवनबहादुर गुरुङको हकमा पनि जिल्लाकै आदेश उच्चले सदर गरेको छ ।

विमानस्थल भन्सार कार्यालयले २२ मंसिर २०८० मा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए । त्यसपछि अन्य व्यक्तिहरुको संलग्नता खुलेको थियो ।

उनीहरु सबैलाई सुन तस्करीको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको २३ पुस २०८० को इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध उनीहरु उच्च अदालत गएका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनीहरु थुनामै रहने भएका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?