+
+
Shares

पाँचथरमा सुरु भयो फिल्म ‘ऊनको स्वीटर’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १३:३७

काठमाडौं । आर्टमाण्डुको फिल्म ‘ऊनको स्वीटर’को छायांकन सुरु भएको छ । पाँचथरको साधुटारबाट छायांकन सुरु गरिएको निर्देशक नवीन चौहानले जानकारी दिए । फिल्मको छायांकन सेड्युल ३५ दिनको रहेको उनले बताए ।

फिल्ममा विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका छ । उनीहरुले केही दिनमा छायांकन सेट ज्वाइन गर्नेछन् । निर्देशक चौहानकै लेखन रहेको फिल्मलाघ सुरज कटुवालले सहलेखन गरेका छन् । फिल्मलाई चिन्तनराज भण्डारीले खिच्दैछन् ।

‘ऊनको स्वीटर’मा एलेक्स पारस, परीक्षा लिम्बू, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत,  लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे, नरेश लावती लगायतले पनि अभिनय गरेका छन् ।

फिल्मलाई असोज-कात्तिकतिर रिलिज गर्ने लक्ष्य राखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?