+
+

देशभरि दुई तिहाइ वडामा राजस्वको मुख्य स्रोत मालपोत कर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १७:२३

३० जेठ, काठमाडौं । देशभरि दुई तिहाइ वडाको मुख्य राजस्व स्रोत भूमि तथा मालपोत कर रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ अन्तर्गत सामुदायिक विवरण अनुसार देशभरिका वडामध्ये ५ हजार २ सय ९४ (७८.५ प्रतिशत) को राजस्वको मुख्य स्रोत भूमि तथा मालपोत कर रहेको छ । दोस्रो स्थानमा सेवा शुल्क दस्तुर छ ।

४ हजार ६ सय ५८ वडा (६१.१ प्रतिशत) को राजस्व स्रोतका रूपमा रहेको छ । तेस्रो स्रोत सम्पत्ति कर रहेको छ । देशभरिका ३ हजार ६ सय ८ वडा (५३.५ प्रतिशत) मा सम्पत्ति कर मुख्य स्रोतका रूपमा रहेको देखिएको छ ।

यसबाहेक व्यवसाय कर, घरबहाल कर र घरजग्गा रजिस्ट्रेसन कर लगायत छन् । यसबाहेक वडाले दण्ड जरिवाना, सवारीसाधन कर, मनोरञ्जन करसमेत संकलन गर्ने गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?