+
+

सुनचाँदीको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १२:१२

३२ जेठ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउ घटेको छ । शुक्रबार सुनको भाउ तोलमा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीबार तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज शुक्रबार घटेर १ लाख ४१ हजार २ सयमा किनबेच भइरहेको छ ।

त्यस्तै तेजाबी सुन तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी तोलाको १ हजार ८ सयमा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ हजार ८ सय १० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?