+

धुम्रपानले दाँतमा कस्तो असर पार्छ ?

२०८१ असार  २ गते १६:१७ २०८१ असार २ गते १६:१७
धुम्रपानले दाँतमा कस्तो असर पार्छ ?

मुख धुम्रपानले सबैभन्दा पहिले असर गर्ने अंग हो । लगातार धुम्रपान गर्नाले दाँत, गिजा र गालामा समस्या निम्त्याउँछ । सुर्तीजन्य पदार्थमा हुने हानिकारक रसायनले दाँत र मुख स्वास्थ्य बिगार्दै लैजान्छ ।

निरन्तर धुम्रपान गर्दा दाँत, गिजा र मुखमा निकै असर देखिन्छ ।

दाँतमा दाग बस्नु : जो व्यक्ति चुरोट अत्याधिक पिउँछन्, धुँवा र त्यसमा हुने अन्य रसायनले उनीहरूको दाँतमा दागहरु बस्दै जान्छ । हेर्दा पनि नराम्रो देखिन्छ ।

दाँत कराले खानु : दैनिक रुपमा हाम्रो मुखमा एकदेखि डेढ लिटरसम्म थुक निस्किने गर्छ । मुखबाट निस्किने रसले नै खान चपाउन मद्दत गर्छ । र, मुखलाई पनि प्राकृतिक रुपमा सफा राख्छ । धुम्रपान गर्दा ती थुकको उत्पादनमा कमी हुन्छ र मुख सुक्खा हुन्छ । मुख सुक्खा भयो भने दाँतमा कीरा लाग्ने सम्भावना धेरे हुन्छ ।

गिजामा समस्या देखिनु : चुरोटले गर्ने हानि दाँतसँग मात्रा सीमित रहँदैन । यसमा हुने निकोटिन र तारले बिस्तारै गिजामा पनि समस्या ल्याउँछ । किनकि गिजामा समस्या ल्याउने प्रमुख कारण त्यहाँ हानिकारक कीटाणु अत्याधिक फैलिनु हो, जुन धुम्रपान गर्दा निस्कने रसायनले गर्दा मुख सुक्खा भई फोहोर हुने र ब्याक्टेरियाले बिस्तारै गिजामा संक्रमण भई दुख्ने, रगत आउने,  पाक्ने र सुन्निने हुनसक्छ । गिजाको समस्या बिस्तारै जटिल बढ्दै जान सक्छ । संक्रमणका कारण समस्या बढ्दै गएपछि दाँत नै हल्लिने र झर्ने समेत हुन्छ ।

मुखमा घाआउनु : त्यति मात्र होइन, धुम्रपानले रक्त सञ्चार कम गराई अक्सिजनको प्रवाह कम गर्ने हुँदा रोगसँग लड्ने प्रतिरक्षालाई कमजोर पार्छ । जसकारण मुख घाउ वा गिजामा संक्रमण भएमा छिटो निको हुन सक्दैन । कहिलेकाहीं धुम्रपानका कारण मुख र तालुमा सानो-सानो फोकाहरु पनि आउन सक्छ ।

सास गन्हाउने र स्वादको क्षमता गुम्नु : धुम्रपानका पदार्थ आफैं दुर्गन्धित हुन्छ । त्यसमाथि चुरोटको धुवाँ तथा रसायनले मुख सुक्खा पार्छ । यसले गिजामा संक्रमण भई रगत अनि पीप पनि आउन सक्छ ।  जसकारण सास गन्हाउन थाल्छ । सास गन्हाउने मात्र होइन, बिस्तारै खानेकुराको स्वादको क्षमता पनि घटाउँदै लैजान्छ ।

मुख तथा ओठको क्यान्सर : चुरोट तथा भेपको धुवाँमा क्यान्सर गर्न सक्ने पोलिक्लिनिक एरोमेटिक हाइड्रोकार्बन, एन-नाइट्रोसमाइन्स, एरोमेटिक एमाइन्स, एल्डेहाइड्स जस्ता कार्सिनोजेनिक रसायन हुनसक्छ । जसकारण गाला, गिजा र ओठको क्यान्सर हुने जोखिम बढ्छ ।

हड्डी कमजोर हुँदै जानु : निकोटिनले हड्डीमा खनिजको मात्रा कम गर्छ । खनिजले नै दाँतलाई बलियो र स्वस्थ बनाइराखेको हुन्छ । हड्डी कमजोर हुँदै भएमा दाँतले ठाँउ छोड्दै जान्छ । दाँत फाटिंदै गई वयस्क उमेरमै झर्न सक्छ ।

सक्रिय धुम्रपान गर्नेहरूले पनि केही विशेष ध्यान दिएमा दाँत तथा गिजाको समस्या कम गर्न सकिन्छ ।

– चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन छोड्ने

– खानेकुरा खानेबित्तिकै कुल्ला गर्ने

– दिनको दुई पटक फ्लोराइडयुक्त मन्जनले ब्रस गर्ने, साथै डेन्टल फ्लस गर्ने

– दाँत तथा गिजाको परीक्षण ६-६ महिनामा गर्ने

– खानामा फाइबर, भिटामिन र खनिज भएको फलफूल तथा तरकारी दैनिक खाने

– धुम्रपानले मुखमा मात्र होइन, शरीरको सम्पूर्ण अंगलाई क्षति पार्ने र क्यान्सर समेत गराउने क्षमता हुने हुँदा खानेबानी छ भने तुरुन्त छोड्नु उचित हुन्छ ।

डा. श्यामकाजी महर्जन दन्त स्वास्थ्य दाँत धुम्रपान
डा. श्यामकाजी महर्जन
लेखक
डा. श्यामकाजी महर्जन
दन्त चिकित्सक

डा. महर्जन हाल काठमाडौंको सोह्रखुट्टेस्थित पिपुल्स डेन्टल कलेज र लाजिम्पाटस्थित एआरएस डेन्टल क्लिनिकमा कार्यरत छन् । उनले प्रोस्टोडोन्टिक्समा एमडी गरेका छन् । एसोसिएट प्रोफेसर समेत रहेका डा. महर्जनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६७६५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?