+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

गण्डकीको बजेटमा हिसाब मिलेन, एमालेले गर्‍यो संसद अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते २०:३५

६ असार, पोखरा । गण्डकी सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा हिसाब नमिलेको पाइएको छ ।

१ असारमा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट पेश गरेका थिए । तर उक्त बजेटको स्रोतमा भने ३२ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको मात्र हिसाब उल्लेख गरेका थिए ।

बजेट वक्तव्यमा उल्लिखित कार्यक्रम कार्यान्वयन गर्न ४९ करोड ९ लाख रुपैयाँको स्रोत अभाव हुने देखिएको भन्दै बिहीबार नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

एमाले संसदीय दलका उपनेता लिलबहादुर थापाले बजेटमा प्रस्तुत गरिएको अंकको हिसाबकिताब नै गल्ती भएको भन्दै त्यसको जवाफ नदिएसम्म संसद चल्न नसक्ने बताए । त्यसपछि सत्तापक्षकै आग्रहमा सभामुख कृष्णप्रसाद धितालले बैठक स्थगित गरे ।

छलफलको सुरुमा कांग्रेसका सांसद अशोक श्रेष्ठले आफ्नो भनाइ राखेलगत्तै एमालेका थापाले बजेटको हिसाब नमिलेको विषय उठाए । बजेट वक्तव्यमा हिसाब नै नमिल्नुले सरकार र अर्थमन्त्रीमाथि  नैतिकताको संकट देखिएको उनले बताए ।

आर्थिक वर्ष २०८१/२०८२ को वजेट वक्तव्यमा घोषणा गरेको कार्यक्रम कार्यान्वयनका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट आवश्यक पर्ने उल्लेख थियो ।

त्यसको स्रोतमा भने वित्तीय समानीकरण अनुदानको ७ अर्ब ६३ करोड, राजस्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानबाट ३ अर्ब १० करोड र समपूरक अनुदानबाट १ अर्ब १९ करोड अनुमान गरिएको थियो ।

त्यस्तै प्रदेशको राजस्व ५ अर्ब १७ करोड, नगद मौज्दात २ अर्ब ९४ करोड र १ अर्ब ७० करोड आन्तरिक ऋण उठाउने पनि भनिएको छ ।

बजेट वक्तव्यको यो विवरण अनुसार बजेटको स्रोत ३२ अर्ब ४८ करोड ७६ लाख मात्र हुन्छ । जुन कुल बजेट भन्दा ४९ करोड ९ लाख कम हो । एमाले संसदीय दलका उपनेता थापाले आर्थिक मामिलामन्त्री गुरुङलाई सोधे, ‘४९ करोड रुपैयाँको हिसाबै पुगेन । यसलाई हामीले कसरी लिने हो ?’

१ रुपैयाँ पनि हिसाबकिताब नमिले सरकारको गतिविधि अगाडि बढ्न नसक्ने थापाको भनाइ छ । आफूले पूर्वाग्रह नराखेको भन्दै थापाले हिसाबकिताबको जवाफ नदिई संसद चल्न नसक्ने प्रस्ताव संसदमा राखे ।

थापाको भनाइ राखेलगत्तै एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बजेटमा हिसाब नमिलेको बारे रुलिङ गर्न सभामुखसँग माग गरे । सभामुख धितालले सरकारको तयारीबारे सोधेका थिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अर्थमन्त्री डा. टकराज गुरुङले छलफल गरेर संसद स्थागित गर्न भनेपछि सभामुख धितालले १० मिनेटका लागि संसद स्थगित भएको बताएका थिए ।

त्यसपछि बसेको बैठकमा पनि एमालेले यही विषयमा सरकारको जवाफ मागेपछि बैठक अगाडि बढ्न सकेन र शुक्रबारसम्मका लागि बैठक स्थगित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?