+
+
Shares

ललितपुरमा सहकारी रोजगार मेला सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १७:१४

७ असार, काठमाडौं । प्रथम सहकारी रोजगार मेला-२०८१ शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले तीन दिने रोजगार मेला आयोजना गरेको हो ।

मेला उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले युवाको भावना अनुरूप सहकारी क्षेत्रले काम गर्नुपर्ने बताए ।

सहकारी रोजगार मेलाले यस क्षेत्रका रोजगारदाता र रोजगारी खोज्ने युवाबीच सेतुको काम गर्ने उनको भनाइ छ ।

अर्को प्रसंगमा मन्त्री अधिकारीले एउटै व्यक्ति दुई तीन वटा सहकारीको सञ्चालक रहनु अहिले सहकारी क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण रहेको बताए ।

सहकारी क्षेत्रले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने जिम्मेवारी अब सरकारले लिने उनको भनाइ छ ।

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले देश छोडेर विदेश जाने युवालाई नेपालको सहकारी क्षेत्रमा स्वरोजगार हुने अवसर र राम्रो सेवा सुविधा सहितको रोजगार छ भने जानकारी गराउन मेला आयोजना गरिएको बताइन् ।

सहकारीले उत्पादन गरेका वस्तुको बजारीकरण र सहुलियत ऋणको व्यवस्थापन सरकारले नगर्दा यस क्षेत्रका किसान विस्थापित हुने अवस्थामा रहेको उनको भनाइ छ ।

सहकारीले २५ बढी चिया उद्योग र दैनिक २५ हजार लिटर बढी दूध उत्पादन गर्दै आएको उनले जानकारी दिइन् ।

सहकारी रोजगार मेलामा सहकारी क्षेत्रका ३० बढी स्टल छन् । मेला पाँच हजार बढीले अवलोकन गर्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?