+
+
Shares

काम नगरिकनै तलब दिएको भन्दै कम्पनीविरुद्ध महिला कर्मचारीले हालिन् मुद्दा

एजेन्सी एजेन्सी
२०८१ असार ११ गते ८:१७

फ्रान्समा एकजना महिलाले त्यहाँको टेलिकम कम्पनी अरेन्जविरुद्ध २० वर्षसम्म कुनैपनि काम नै नगरिकन तलब दिएर आफूमाथि नैतिक दुर्व्यवहार तथा काममा विभेद गरेको अभियोग लगाउँदै मुद्दा हालेकी छिन् ।

लरेन्स भान वासेनहोभ सन् १९९३ मा एक निजामती कर्मचारीको रुपमा फ्रान्स टेलिकम कम्पनीमा भर्ना भएकी थिइन् । फ्रान्स टेलिकमलाई पछि अरेन्जले अधिग्रहण गरेको थियो ।

उनको पूर्व रोजगारदातालाई उनमा हेमिप्लेजिक अर्थात् हात र खुट्टाको अर्ध पक्षाघातका साथै छारेरोग पनि रहेको थाहा थियो । त्यसैले उनलाई उनको शारीरिक अवस्था सुहाउँदो जिम्मेवारी दिइएको थियो ।

सन् २००२ सम्म उनले मानव संशाधन विभागमा सेक्रेटरीको पदमा काम गरिन् । त्यसपछि उनले फ्रान्सकै अर्को क्षेत्रमा सुरुवा गरिदिन अनुरोध गरिन् ।

उनको सरुवा सदर भयो । तर, नयाँ कार्यक्षेत्र उनको अवस्था तथा आवश्यकता सुहाउँदो थिएन। साथै उनको पेशागत चिकित्सा रिपोर्टले पनि त्यो पद उनका लागि नसुहाउने कुुरा प्रमाणित गरिदिएको थियो । यति हुँदा पनि अरेन्ज कम्पनीले उनको जागिरमा आवश्यक व्यवस्थापन गर्न सकेन र उनलाई कुनै काम वा जिम्मेवारी नदिइकनै २० वर्षसम्म पूरा तलब दिइरह्यो।

अरेन्ज कम्पनीले भान वासेनहोभलाई तलब दिने तर जिम्मेवारी नदिएर उपेक्षा गर्ने भरमग्दुर प्रयास गरे पनि उनले आफूविरुद्ध कम्पनीले गरेको विभेदविरुद्ध सरकार तथा उच्च निकायसमक्ष उजुरी गरिन् ।

अरेन्जले उक्त समस्या समाधानका लागि सन् २०१५ मा एकजना मध्यस्थकर्ता नियुक्त गर्‍यो । तर, उनलाई जिम्मेवारी नदिइकन तलब मात्रै दिने गरेपछि समस्या जस्ताको तस्तै रह्यो ।

वसेनहोभका वकिलका अनुसार उनलाई कुनैपनि जिम्मेवारी नदिएर विचलित बनाउँदै कम्पनीले उनलाई जागिर छाड्नका लागि दबाब दिइरहेको थियो ।

त्यसैले आफ्नो स्वास्थ्य अवस्थासँग जोडिएको कार्यस्थलको विभेद तथा नैतिक दुर्व्यवहारको अभियेगमा लरेन्सले कम्पनी र त्यसका ४ जना कार्यकारीविरुद्ध मुद्दा हालिन् ।

एनका वकिल भन्छन्- अपांगता भएका व्यक्तिका लागि काम भनेको समाजमा उसको स्थान सुरक्षित हुनु हो, पहिचान तथा सामाजिक सम्बन्धको सिर्जना हुनु हो । तर, उनलाई भने कम्पनी छाड्छिन् भन्ने आशामा २० वर्षसम्म निकम्मा बनाएर यी सबै कुराबाट बञ्चित गरियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?