+
+
Shares

पतञ्जली जग्गा प्रकरणबारे सीआईबीले अनुसन्धान थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १६:३९

१२ असार, काठमाडौं । काभ्रेमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको नाममा हदबन्दी छुटमा किनिएको जग्गामा अनियमितता भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सीआईबीले आयुर्वेद फर्म चलाउन भनेर हदबन्दी छुटमा किनिएको जग्गामा भएको अनियमितताबारे छानबिन थालेको ब्यूरोका एक उच्च अधिकृतले बताए ।

उनका अनुसार, ब्यूरोबाट एक जना प्रहरी उपरीक्षक (एसपी) कै नेतृत्वमा काभ्रेमा टोली पठाएर विस्तृत जाँचबुझ गर्ने काम सुरु भएको छ । ‘प्रारम्भिक विषय बुझ्ने क्रममै छौं, विस्तृत अध्ययनपछि मात्र कसरी अघि बढ्ने भन्ने निक्र्यौल हुन्छ’, ती अधिकृतले भने, ‘तत्काललाई ब्यूरोले त्यसबारे प्रारम्भिक जाँच थालिसकेको भन्ने बुझौं ।’

काभ्रेको बनेपामा पतञ्जली योगपीठलाई आयुर्वेद फर्म चलाउन ८ सय १५ रोपनी जग्गा खरिदमा हदबन्दी छुट दिने निर्णय मन्त्रिपषिद्ले गरेको थियो । तर, पछि पतञ्जलीले त्यहीमध्येको तीन सय ५३ रोपनी जग्गा विक्री गरेको थियो । हदबन्दी छुटमा जग्गा खरिद गर्दा तोकिएको प्रयोजन र काममा मात्र प्रयोग गर्न पाइने र विक्री गर्न नपाइने उल्लेख छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?