+
+
Shares

चोरी गर्ने समूह जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १९:१७

१६ असार, काठमाडौं । सहसचिवको घरमा चोरी गरेको आरोपमा पक्राउ परेकाहरू जेल चलान भएका छन् ।

नगद तथा गरगहना गरी करिब २८ लाख रुपैयाँ चोरी गरेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये चार जना पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

कारागार चलान हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई स्वयम्भू बस्ने सुजनकुमार सुनुवार, नुवाकोटको सामरी घर भई काठमाडौं शेषमति बस्ने ४० वर्षीय कुमार राना मगर, दोलखाको शैलुङ गाउँपालिका–८ घर भई थली बस्ने ४१ वर्षीय वीरबहादुर श्रेष्ठ र सोही ठाउँ घर भई काठमाडौं असन बस्ने सुनिल श्रेष्ठ छन् ।

चोरी भएको सुन खरिद गरेका भोजपुरको पौवादुम्बा गाउँपालिका–४ घर भई काठमाडौं–२४ किलागल बस्ने ३० वर्षीय सीताराम लकान्द्रे भने ५० हजार धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

चोरीमा संलग्न भएको आरोप लागेका एक जना अझै फरार छन् । फरार हुनेमा रामेछापका छिरिङ लामा छन् । लामाले चोरीको सुन लिएर लकान्द्रेलाई बेचेको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

यो समूहले पछिल्लो पटक ललितपुर महानगरपालिका–१८ ऐतिहासिक ढुंगेधारामार्गस्थित सहसचिवको घरमा २ जेठ मा चोरी गरेको थियो । दिउँसो १२ बजे घरमा कोही नभएको मौकामा उनीहरूले सुनचाँदीका गरगहना र नगद चोरी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

यो समूहमा यसअघि २० पटकसम्म चोरी गरेर मुद्दा चलेका व्यक्तिसमेत संलग्न रहेको खुलेको छ । अहिले पुर्पक्षमा गएका वीरबहादुर १२ वटा चोरी, ३ वटा डाँका चोरी, एउटा लागुऔषध र ४ वटा अभद्र व्यवहारको कसुर गरी २० पटकसम्म मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ । चोरीको सुन खरिद गर्ने बाहेक अन्य तीन जना पनि पटके कसुरदार रहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?