+
+
Shares

मोबाइल चोरीमा १९ वर्षीय युवकको समूह, ‘टार्गेट’मा ट्याक्सी चालक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १२:५८

१८ असार, काठमाडौं । मोबाइल चोरीमा संलग्न भएको आरोपमा १९ वर्षीय युवकको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल नगरपालिका–१ घर भइ काठमाडौं चुच्चेपाटी बस्दै आएका १९ वर्षीय नवराज सुनुवार, बाजुराको बढीमालिका नगरपालिका–९ घर भइ काठमाडौं पहेंलो पुल बस्ने १९ वर्षकै सुसन थापा, उदयपुरको गाईघाट घर भइ काठमाडौं कपन बस्ने १९ वर्षीय प्रमेश सुन्दास र सोलुखुम्बुको नाम्चे बजार घर भइ काठमाडौं कपन नै बस्ने १९ वर्षकै दोर्जी तामाङ छन् ।

यो समूहले ट्याक्सी चालकहरूको मोबाइल चोरी गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

ट्याक्सी स्टेसनमा जाने र चालकसँग विदेशी पाहुन आएको भन्दै लगेज ठमेल लैजानुपर्ने बताउने गरेका थिए । ‘विदेशीसँग कुरा गर्नु पर्नेमा आफ्नो मोबाइल स्वीच अफ भएको बहाना बनाउँदै तपाईलाई अंग्रेजीमा कुरा गर्न आउँदैन होला म कुरा गर्छु मोबाइल दिनुस् न’ भन्दै ट्याक्सी चालकको मोबाइल लिएर फरार हुने गरेको प्रहरीले जनाएको छ ।

मोबाइल लिएर फरार भएपछि मोबाइलमा भएका वालेटमा पहुँच पुर्‍याएर रकम समेत निकालेर ठगी गर्ने गरेको खुलेको छ । त्यसपछि उक्त रकम नाइट क्लबमा गएर खर्च गर्ने गरेको पाइएको एसपी आचार्यले बताए ।

सुरुमा नवराज र प्रमेशले मोबाइल चोरेर बैंकिङ च्यानलसम्म पुगी रकम ठगी गर्ने गरेको पाइएको थियो । सुसनले भने चोरी गरेको मोबाइल बेच्न गरेको अनुसन्धानबाट खुलेको छ ।

दोर्जी चोरी गरेको सामान लिएर भाग्न सहयोग गर्ने व्यक्ति रहेको पाइएको छ । उनीहरूविरुद्ध अहिलेसम्म ३ जनाको जाहेरी परेको छ । उनीहरूले २ लाख ७५ हजार रुपैयाँ बराबरको मोबाइल चोरी गरेको पाइएको छ ।

चोरीमा प्रयोग भएको स्कुटर, नगद १२ हजार, १४ थान मोबाइल, ८ जोर जुत्तासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?