
१९ असार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राज्यबाट दिनुपर्ने भुक्तानी रोकिएपछि निर्माण व्यवसायी चरम निराशामा रहेको बताएको छ ।
बुधबार एक विज्ञप्ति निकाल्दै महासंघले भुक्तानी नपाएका एक व्यवसायीले डडेलधुरामा चरम आर्थिक संकटको कारण देखाउँदै आत्महत्या गरेको जनाएको छ । उनको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्ने समेत महासंघको भनाइ छ ।
महासंघका अनुसार जिल्ला निर्माण व्यवसायी संघ डडेलधुराका कार्यसमिति सदस्य डम्बरदेव भट्टलाई घाइते अवस्थामा भेटाइएको थियो ।
उनको उपचारका क्रममा निधन भएको महासंघले उल्लेख गरेको छ । स्थानीय पूर्वाधार निर्माणको भुक्तानी नपाउँदा उनी चरम निराशामा रहेको समेत महासंघको भनाइ छ ।
व्यवसायीले ठूलो रकम भुक्तानी नपाएको र यसले चरम आर्थिक संकट निम्तिएको भन्दै सरकारको ध्यानाकर्षण समेत महासंघले गराएको छ ।
व्यवसायीको ४० अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी बाँकी रहेको महासंघले जानकारी गराएको छ ।
प्रतिक्रिया 4