+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मन्त्रीको क्षेत्रमा बढी बजेट छुट्याइएको छैन : अर्थमन्त्री पुन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १४:५३

२१ असार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शीर्ष नेता वा मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य नभएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।

‘सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्र वा मन्त्री नजिकका व्यक्तिका लागि मात्रै बढी बजेट छुट्याएको भन्ने सत्य होइन,’ अर्थमन्त्री पुनले भने, ‘सरकारको प्राथमिकता सन्तुलित एवं समानुपातिक विकास गर्ने रहेको छ ।’

सरकारले बजेट विनियोजन गर्दा आयोजना बैंकमा आबद्ध भएका, बहुवर्षीय स्रोत सहमति दिएका, आगामी आर्थिक वर्षमा सम्पन्न हुने, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने हुँदा सबै निर्वाचन क्षेत्रमा समान विनियोजन नभएको हुन सक्ने उनले बताए ।

क्रमागत रूपमा रहेका तथा अनिवार्य दायित्वअन्तर्गत खर्च हुने आयोजना तथा कार्यक्रममा प्राथमिकतापूर्वक बजेट प्रस्ताव गर्नुपर्ने भएको पुनले स्मरण गरे ।

सरकारले आवधिक रूपमा बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं स्वीकृत प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रक्रियामा सबै जनप्रतिनिधिको अहम् भूमिका र अधिकार समान रहेको बताए ।

सरकारले गर्ने लगानी, प्रत्यक्ष वैदेशिक लगानीमा हुने थप वृद्धि र निजी क्षेत्रबाट परिचालन हुने लगानी समेतका कारण थप रोजगारीका अवसर सिर्जना भई विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवालाई आकर्षण गर्ने नीति बजेटले लिएको अर्थमन्त्री पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?