+
+

ग्लोबल आईएमई बैंक र नास आईटीबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १४:४८

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र नास–आईटीका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरे ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहकको रुपमा रहेको र ग्लोबल आईएमई बैंक पनि सदैव राज्य प्रति उत्तरदायी संस्थाको रुपमा रहेकोले यो सम्झौता गरिएको पोखरेलले बताए ।

सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले नास–आईटीसँग सम्बन्धित संस्था र आवद्ध कर्मचारीका लागि सहज रूपमा बैंकिङ सेवा प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?