+
+

नेपाली पात्रो १ करोड पटक डाउनलोड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १६:५४

काठमाडौं । नेपालको पहिलो विक्रम सम्बतमा आधारित मोबाइल एप नेपाली पात्रो १ करोड पटक डाउनलोड भएको छ ।

नेपाली तिथि, मिति, पात्रो, चाडपर्व, संस्कृति, वैदिक सनातन हिन्दु उत्सव/पर्व, विभिन्न जातजाति, भाषाभाषीका धर्म, आस्था तथा संस्कृति लगायत विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारी नेपाली पात्रो एपमा समावेश छ ।

नेपाली पात्रोमा रेडियो, समाचार (यो गज्जब छ), वैदिक पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरू पनि समावेश छन् ।

नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङसाथ लोकप्रिय भएको नेपाली पात्रोले जनाएको छ ।

नेपालका ४ सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष काले जानकारी दिए ।

विनिमयदर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ आदि जस्ता  दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ ।

दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ करोडमाथि रहेको छ ।

नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा स्रोता मित्रहरूको समय अनुसार सुन्न सकिन्छ ।

सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ ।

यसका लागि नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध छ ।

नेपाली पात्रोमा देशका प्रमुख १५०  भन्दा बढी अनलाइन न्युजपोर्टल र  ३५० भन्दा बढी रेडियो समेत जोडिएका छन् ।

नेपाली पात्रो नेपालको सबभन्दा धेरै सञ्चार नेटवर्क भएको नेपाली एप्लिकेसन भएको नेपाली पात्रोको दाबी छ ।

हालै सर्वाधिक लोकप्रिय केवल डिस्ट्रिब्युसन नेटवर्कट नेट टीभीमा पनि नेपाली पात्रोमा उपलब्ध रेडियो सुन्न मिल्ने सुविधा सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?