+
+
Shares

बजेट आश्रित विधेयकमा संशोधन गर्ने प्रस्तावले राष्ट्रिय सभाको बैठक प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते १३:३६

२७ असार, काठमाडौं । बजेट आश्रित विधेयकमा संशोधन गर्ने प्रस्तावले राष्ट्रिय सभाको बैठक प्रभावित भएको छ ।

नेकपा एमालेले आर्थिक विधेयकको एउटा दफा हटाउन प्रस्ताव गरेको छ । एमालेको प्रस्तावमा सरकार सहमत नहुँदा राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक लम्बिएको छ ।

कार्य व्यवस्था परामर्श समितिको बैठक लम्बिँदा दिउँसो १ बजेर २५ मिनेटमा सुरु हुने भनिएको बैठक सुरु हुन सकेको छैन ।

बिहीबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ । यी तीन वटै बजेट आश्रित विधेयक हुन । बजेट (विनियोजन विधेयक) भने राष्ट्रिय सभाले पारित गरिसकेको छ ।

एमालेले सरकारले आयकर ऐन २०५८ को दफा ५७ मा गर्न खोजेको संशोधन प्रस्ताव हटाउन माग गरेको छ ।

दफा ५७ (१) मा भनिएको छ, ‘कुनै निकायको विगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नों स्वामित्वको सम्पत्ति वा आफूले वहन गरेको दायित्व निसर्ग गरेको मानिनेछ ।’

यो प्रावधानमा प्रतिबन्धात्मक वाक्यांश थप गर्न प्रस्ताव गर्दै भनिएको छ, ‘तर साबिकका शेयरवाला तथा साझेदारको शेयर संख्या र पुँजी यथावत रही नयाँ शेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन ।’

आर्थिक विधेयक २०८१ को दफा ३६ (६) मा आयकर ऐनको दफा ५७ (१) मा प्रतिबन्धात्मक वाक्यांश थप गरेर संशोधन गर्न सरकारले गरेको यो प्रस्ताव हटाउनुपर्ने माग एमालेले राखेको हो ।

राष्ट्रिय सभामा एमालेका तर्फबाट सांसद भगवती न्यौपानले आर्थिक विधेयक २०८१ मार्फत आयकर ऐनमा गर्न खोजिएको संशोधन हटाउनुपर्ने भन्दै संशोधन दर्ता गरेकी छन् ।

एमालेको यो मागमा सरकार सहमत भएको छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?