+
+
Shares

आज विश्वासको मत लिन उचित होला कि नहोला भन्ने सोचेको थिएँ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १२:१०

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक विपद्का घटनाहरु बढेका बेला विश्वासको मत लिने समय सार्ने कि भन्ने सोचेको बताएका छन् । तर दुई घण्टा समय सार्ने प्रस्ताव समेत कांग्रेस र एमालेले नमानेकाले अर्को अर्थ लाग्ला भनेर सभामुखलाई नभनेको उनले बताए ।

विश्वासको मत लिने प्रस्ताव संसदमा पेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘आज नै विश्वासको मत माग्न उचित होला नि नहोला भनेर सोचेँ ।’

तर कांग्रेस र एमाले छिटोभन्दा छिटो सरकार बनाउन उद्दत भएको देखेको उनले सुनाए । हिजो मात्र प्रमुख सचेतकमार्फत २ घन्टा बैठक सारौं भन्दा स्वीकार नगरेको भन्दै उनले भने, ‘अर्को अर्थ लाग्ला भनेर मैले सभामुखजीसँग यो कुरा गरिनँ ।’

यद्यपि आफ्नो मनस्थिति के थियो भन्ने संसदलाई जानकारी गराउन चाहेको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?