+
+
Shares

ग्लोबल आईएमई बैंकको ग्राहक संख्या ५० लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १६:४४

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ ।

२०६३ सालमा स्थापित बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा एक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको बैंकले जारी गरेको सूचनामा छ ।

बैंकका अनुसार हालैमात्र बैंकको निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ भने पूँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आईएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरूमध्ये पहिलो नम्बरमा रहेको छ ।

ग्राहकमैत्री सेवा, साना तथा मझौला व्यवसायमा जोड, प्रविधिमैत्री सेवाका साथै उत्तरदायी बैंकिङको अभ्यास गर्दै बैंकले ग्राहकको विश्वास जित्दै आएको बैंकले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?