
६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारले नै सरकारप्रति जनताको विश्वास र भरोसाा देखाएको बताएका छन् ।
आइतबार संसदमा विश्वासका मत माग्दै सम्बोधन क्रममा प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण सेयर बजार हो । अब सेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुन्छ ।’
उनले आफ्नो नेतृतवको सरकार बनेपछि अर्थतन्त्रको ऐनमा मानिने सेयर बजार हरियो भएको बताए ।
‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार दुई सातामा ४०० अंकभन्दा धेरैले बढेको छ । नेप्से २७ महिनायताकै उच्च भएको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4