८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं दरबार क्षेत्रभित्र रहेको अवैध संरचना हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ ।
महानगरको सम्पदा तथा पर्यटन विभागले पुरात्व विभागलाई पत्र लेख्दै ‘पुरातात्विक संरचनाहरूलाई नकरात्मक असर पार्ने अवैध संरचनाहरू हटाई सहयोग गर्न’ भनेको हो ।
‘विश्व सम्पदा क्षेत्रमा सूचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्त्व भएको काठमाडौं दरबार क्षेत्रभित्र असाधारण सम्पदाहरूलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरू ७ दिनभित्र हटाई यस महानगरलाई जानकारी दिनुहुन निर्देशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4