काठमाडौं । सामसङ नेपालले ग्राहकका लागि फ्री पिक–अप र ड्रप सेवा सुरु गरेको छ ।
१ साउनदेखि काठमाडौं उपत्यकाभरि वारेन्टीमा रहेका मोबाइल ग्राहकका लागि यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।
वारेन्टीमा रहेका मोबाइलमा कुनै समस्या देखिएमा नेपाल टेलिकमको टोल-फ्री मोबाइल नम्बर १६६००१७२६६७, एनसेलको ९८०१५७२६६७ नम्बरमा वा ह्वाट्स अप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरी घरबाटै यो सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
मोबाइल लिनका लागि सामसङका प्रतिनिधिले ग्राहकले कल गरेको १ दिनभित्रै ग्राहकका घरमै पुगेर मोबाइल लिने छन् र मर्मत भएपछि फिर्ता घरमै पुर्याई दिने छन् ।
हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरहरूबाट यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4