+
+
Shares

सामसङ नेपालको ‘रेमिटमा बेनिफिट क्याम्पेन’, विदेश रहेकाको परिवारलाई लाभ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र परिवारका लागि 'रेमिटमा बेनिफिट' अभियान सुरु गरेको छ।
  • अभियानअन्तर्गत ग्राहकले सामसङका स्मार्टफोन, टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा ६ प्रतिशतसम्म क्यासब्याक र २४ महिनासम्म ईएमआई सुविधा पाउनेछन्।
  • आईएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारसँग सहकार्यमा यो अभियानले रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अवसर बनाउने लक्ष्य राखेको छ।

२० वैशाख, काठमाडौं । सामसङ नेपालले ‘रेमिटमा बेनिफिट’ नामक विशेष अभियान सुरु भएको घोषणा गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई सम्मान गर्ने उद्देश्यले यो अभियान ल्याइएको सामसङ नेपालले जनाएको छ ।

वैदेशिक रोजगारमा रहेकाको रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्न अभियानमार्फत पहल गरिएको कम्पनीको भनाइ छ । यस अभियानअन्तर्गत नेपालभरि रहेका रेमिट्यान्स आधारित परिवारहरूलाई प्रिमियम प्रविधि अझ सहज रूपमा उपलब्ध गराउने विशेष अफर कम्पनीले प्रस्तुत गरेको छ ।

‘अभियान अन्तर्गत ग्राहकले सामसङका विभिन्न उत्पादनमा आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन्’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘स्मार्टफोन, सामसङ टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक, एनसेल रिचार्जमा अधिकतम १८० जीबी बोनस डेटा, २४ महिनासम्मको ईएमआई सुविधा प्रदान गरिनेछ ।’

यी सुविधाले परिवारहरूको मासिक किस्ता भारलाई उल्लेखनीय रूपमा घटाउँदै सामसङका प्रिमियम तथा गुणस्तरीय उत्पादनहरूमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

यो अभियानलाई आईएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारजस्ता प्रमुख साझेदारहरूसँगको रणनीतिक सहकार्यले थप मजबुत बनाएको छ।

यसले देशभरिका ग्राहकका लागि पहुँच, किफायतीपन र कनेक्टिभिटीलाई अझ प्रभावकारी बनाउने एकीकृत प्रणाली निर्माण गरेको कम्पनीको भनाइ छ ।

अफर उपयोग गर्नका लागि आईएमई रेमिटमार्फत रेमिट्यान्स प्राप्त गर्नुपर्नेछ र आईएमई नम्बर सहित स्टोरमा गई इच्छित डिभाइस छनोट गरी एचएफएलमार्फत ऋण आवेदन दिन सकिन्छ । सामसङ स्मार्टफोन खरिद गर्दा एनसेल प्याक लिन र बोनस प्राप्त गर्न सकिनेछ भने खल्ती मार्फत योग्य क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

सामसङ नेपालका एमएक्स बिजनेस सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले रेमिट्यान्स केवल आर्थिक सहयोग मात्र नभई विदेशमा काम गर्ने लाखौं नेपालीहरूको आशा र आकांक्षाको प्रतिबिम्ब भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?