News Summary
Generated by OK AI. Editorially reviewed.- सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदान उजागर गर्ने 'सपनादेखि सम्भावनासम्म' अभियान सार्वजनिक गरेको छ।
- सामसङले रेमिटेन्समा निर्भर परिवारलाई सहजता र लाभ दिने 'बेनेफिट' पहल अप्रिल २४ देखि सुरु गर्ने जनाएको छ।
- यस पहलअन्तर्गत आईएमई रेमिट, एनसेल, खल्ती लगायतसँग मिलेर मोबाइल खरिदमा बोनस डेटा, २४ महिनासम्म ईएमआई र क्यासब्याक सुविधा उपलब्ध गराइनेछ।
६ वैशाख, काठमाडौं । मोबाइल तथा इलेक्ट्रोनिक्स ब्रान्ड सामसङ नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ।
यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदानलाई उजागर र सम्मान गर्ने लक्ष्य लिएको छ । अभियानले इनोभेसनमार्फत जीवन जोड्ने उद्देश्यलाई पनि सशक्त बनाउने कम्पनीको भनाइ छ ।
यस अभियानअन्तर्गत सामसङ रेमिटमा ‘बेनेफिट’ नामक कार्यक्रम ल्याएको छ, जसले रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्नेछ। यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ।
यस पहलअन्तर्गत कम्पनीले आईएमई रेमिट, एनसेल, खल्ती, खल्ती बाई आईएमई र हुलास फिन सर्भसँग मिलेर सामसङका उत्पादन खरिदमा विशेष लाभहरू उपलब्ध गराएको छ ।
‘जसमा एनसेल रिचार्जमा बोनस डेटा, २४ महिनासम्मको सजिलो ईएमआई र खल्ती मार्फत क्यासब्याक जस्ता सुविधा समावेश छन्’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘यो पहलले रेमिटेन्समा आधारित परिवारलाई थप मूल्य र सहजता दिनेछ ।’ कम्पनीका अनुसार यो अफर विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि मात्र उपलब्ध हुनेछ।
प्रतिक्रिया 4