+
+
Shares

नयाँ वर्ष २०८३ अवसरमा सामसङ नेपालको २४ महिनासम्म ईएमआई सुविधा

पक्का उपहार तथा आकर्षक छुटसहित स्मार्ट घर स्मार्ट सुरुवात अभियान घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङले नयाँ वर्ष २०८३ को अवसरमा २४ महिना किस्ता सुविधा योजना ल्याएको छ जसमा ग्राहकले ५० हजार रुपैयाँभन्दा माथिका होम अप्लायन्स ४० प्रतिशत डाउनपेमेन्टमा किन्न सक्नेछन्।
  • सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत १२ महिना ईएमआईमा शून्य प्रतिशत ब्याज र २४ महिनामा ७.९९ प्रतिशत ब्याजदरमा उपकरण खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
  • अप्रिल १ देखि मे १४ सम्म सामसङले टीभीमा २५ प्रतिशत, वासिङ मेसिनमा २३ प्रतिशत र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट दिने अफर ल्याएको छ।

१७ चैत, काठमाडौं । अब सामसङका प्रिमियम टिभी र होम अप्लायन्स खरिदमा ग्राहकलाई फाइनान्सिङ सहजता थपिएको छ । नयाँ वर्ष २०८३ को अवसरमा कम्पनीले २४ महिना किस्ता सुविधा (ईएमआई) योजना ल्याएको छ ।

‘ग्राहकले ५० हजार रुपैयाँभन्दा माथिका नयाँ होम अप्लायन्स ४० प्रतिशत डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्नेछन्’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘१२ महिना ईएमआईको तुलनामा २४ महिनाको किस्ता झन्डै आधा बनाउँछ, जसले ग्राहकलाई बढी लचिलोपन दिन्छ ।’

हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित, सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकले १२ महिना ईएमआई योजनामा शून्य प्रतिशत ब्याजदरमा उपकरण खरिद गर्न सक्ने तर २४ महिना ईएमआई विकल्पमा भने ७.९९ प्रतिशत अतिरिक्त ब्याज लागु हुने कम्पनीले स्पष्ट पारेको छ ।

स्मार्ट घर स्मार्ट सुरुवात अभियान

नयाँ वर्ष अफरसँगै सामसङका नयाँ टीभी र होम एप्लायन्स खरिद गर्दा ग्राहकले आकर्षक अफर पाउने भएका छन् ।

अफर अप्रिल १ देखि मे १४ सम्म लागू हुने छ। भिजन एआई टिभी र बेस्पोक एआई होम अप्लायन्समा आकर्षक अफर प्रदान गरिने कम्पनीले जनाएको छ । ‘यस क्याम्पेन अन्तर्गत टीभीमा २५ प्रतिशत सम्मका छुट वासिङ मेसिनमा २३ र रेफ्रिजरेटरमा १७ प्रतिशत सम्मका छुट उपलब्ध हुनेछ’ कम्पनीले भनेको छ ।

घरमा आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर रहेको कम्पनीको दाबी छ ।

‘चुनित मोडेलका टीभी किन्दा ३ हजार रुपैयाँ बराबरको १२ महिनासम्मको एनईटीटीभी प्याकेज निःशुल्क उपलब्ध छ’ कम्पनीले भनेको छ ‘त्यसैगरी, चुनित वासिङ मेसिन खरिदमा ६ केजी सर्फ पक्का उपहारको रूपमा निःशुल्क प्रदान गरिनेछ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?