+
+
Shares

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेको ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १५:३४

१८ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप जारी गरेका छन् ।

दुवै दलले संसदीय दलको बैठकबाट निर्णय गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका हुन् ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्दै ह्वीप जारी गरेका हुन् भने कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्दै संसदीय दलले ह्वीप जारी गरेको जानकारी दिए ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत नदिने जनाएको छ । संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?