 
																			१८ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप जारी गरेका छन् ।
दुवै दलले संसदीय दलको बैठकबाट निर्णय गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका हुन् ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्दै ह्वीप जारी गरेका हुन् भने कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्दै संसदीय दलले ह्वीप जारी गरेको जानकारी दिए ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत नदिने जनाएको छ । संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4