+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्युठानमा दुई जनामा हैजा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १७:४५

२० साउन, काठमाडौं । प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाको वडा नम्बर ५ का दुई जना बिरामीमा हैजा पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीका प्रमुख राजेश कुमार गुप्ताले बताए ।

गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएको उनले बताए । उनीहरुको प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

‘३५ वर्षको पुरुष भखरै भारतबाट फर्किएका हुन् । घरका अन्य व्यक्तिमा पनि झाडापखला लगायतका लक्षण देखिएको छ,’ गुप्ताले भने, ‘संक्रमणको स्रोत पहिचान गर्न पानीको नमुना संकलन ल्याएका छौं ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरको गोदावरी, ग्वार्को इमाडोललगायत क्षेत्रका १६ जनामा हैजा देखिएको छ । काठमाडौँको टोखाका १ जना गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यस्तै, कैलालीका ८ जनामा हैजा सङ्क्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?