+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

राष्ट्रियस्तरका विकास बैंक : यस्तो छ नाफा र प्रतिसेयर आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १७:२१

२१ साउन, काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकहरूले गत आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्ष २०७९/८० मा यी बैंकले ५ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । यी बैंकको नाफा एक वर्षको अवधिमा ९.४६ प्रतिशत बढेको हो ।

विकास बैंकमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै १ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब २४ करोड रुपैयाँ थियो । यस विकास बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा छ भने वितरणयोग्य प्रतिसेयर नाफा ४ रुपैयाँ ७१ पैसा छ ।

त्यस्तै दोस्रोमा रहेको गरिमा विकास बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस बैंकले १ अर्ब २६ करोड खुद नाफा कमाएको थियो । यस बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ तथा प्रतिसेयर वितरणयोग्य नाफा १० रुपैयाँ ५२ पैसा छ ।

साइन रेसुङ्गा विकास बैंकले गत आर्थिक वर्षमा ६९ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष ७५ करोड ८० लाख रुपैयाँ थियो । यस बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा तथा वितरणयोग्य प्रतिसेयर नाफा ८ रुपैयाँ १२ पैसा छ ।

कामना सेवा विकास बैंकले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो पटक यस्तो नाफा ३६ करोड १३ लाख थियो । यस विकास बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३८ पैसा तथा प्रतिसेयर वितरणयोग्य नाफा १० रुपैयाँ ९१ पैसा छ ।

लुम्बिनी विकास बैंकले ६० करोड ३७ लाख खुद नाफा कमाएको छ । अघिल्लो पटक यस्तो नाफा ४९ करोड ७६ लाख थियो । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १६ पैसा छ भने वितरणयोग्य प्रतिसेयर नाफा ७ रुपैयाँ ४० पैसा छ ।

सांग्रिला विकास बैंकले गत आवमा ५२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा यस्तो नाफा २७ करोड ४ लाख थियो । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १७ पैसा छ भने प्रतिसेयर वितरणयोग्य नाफा ५ रुपैयाँ १८ पैसा छ ।

महालक्ष्मी विकास बैंकले गत आवमा ४७ करोड १ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३७ करोड ७५ लाख थियो । कम्पनीको प्रतिसेयर आम्दनी ११ रुपैयाँ २७ पैसा छ भने वितरणयोग्य प्रतिसेयर नाफा ४ रुपैयाँ २५ पैसा छ ।

ज्योति विकास बैंकले गत आवमा २४ करोड ६५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आवमा यस्तो नाफा ३० करोड १८ लाख थियो । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६१ पैसा छ । प्रतिसेयर वितरणयोग्य नाफा भने ९ रुपैयाँ २२ पैसा ऋणात्मक छ ।

राष्ट्रियस्तरका विकास बैंकको नाफा, प्रतिसेयर आम्दानी र प्रतिसेयर वितरणयोग्य नाफा

बैंक नाफा असार ०८०

(करोडमा)

नाफा असार ०८१

(करोडमा)

प्रतिसेयर आम्दानी प्रतिसेयर वितरणयोग्य नाफा
मुक्तिनाथ १२४.८२ १२७.९१ १८.१५ ४.७१
महालक्ष्मी ३७.७५ ४७.०१ ११.२७ ४.२५
गरिमा १२६.४६ ११३.६१ २०.०० १०.५२
ज्योति ३०.१८ २४.६५ ५.६१ –९.२२
कामना ३६.१३ ६०.३२ १८.३८ १०.९१
साइन ७५.८० ६९.७४ १४.७३ ८.१२
लुम्बिनी ४९.७६ ६०.३७ १७.१६ ७.४
सांग्रिला २७.०४ ५२.०४ १५.१७ ५.१८

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?