२१ साउन, काठमाडौं । नेपालमा मनसुन सुरु भएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परेर १५४ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म विपद्मा परी ४७ जना व्यक्ति बेपत्ता छन् भने १८६ जना घाइते भएका छन् ।
यो अवधिमा प्राकृतिक विपद्मा परेका १०८ जनाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ ।
पहिरो, बाढी लगायत विपद्बाट ४ हजार २३८ घरपरिवार विस्थापित भएका छन् । बाढीका कारण सोमबारसम्म ३८४ घर डुबानमा परेका छन् । २६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
विपद्बाट २८ जेठयता ७४३ पशु चौपायको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4