२४ साउन, काठमाडौं । सेयर बजारमा बिहीबार उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा धेरै ५.८७ प्रतिशत बढ्यो । ४५३ अंकको वृद्धिसँगै यो समूहको सूचक हालसम्मकै उच्च अर्थात् ८ हजार १८५ अंकमा पुगेको छ ।
बिहीबार यस समूहका आधा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । यस समूहमा ९ वटा कम्पनी सूचीकृत छन् । तीमध्ये एउटा कम्पनी नेपाल ल्युब आयलको कारोबार हुँदैन ।
बाँकी ८ कम्पनीमध्ये बिहीबार चार सिमेन्ट कम्पनीहरु सर्वोत्तम, शिवम्, सोनापुर र घोराही सिमेन्टको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै हिमालयन डिस्टिलरीको ६.७ प्रतिशत, युनिलिभर नेपालको ४, बोटलर्स नेपाल तराईको ०.३ प्रतिशत मूल्य बढ्यो भने बोटलर्स नेपाल बालाजुको १.९४ प्रतिशत घट्यो ।
केही दिनअघि मात्रै फाइनान्स र होटल तथा पर्यटन समूहको सूचकले पनि अघिल्लो बुल चरणको उच्च विन्दु तोडिसकेका छन् ।
उत्पादन तथा प्रशोधन समूहका कम्पनीको मूल्य :
कम्पनी | वृद्धिदर (बुधबार) | पछिल्लो मूल्य प्रतिकित्ता |
युनिलिभर | ४.० | ५२,००० |
बोटलर्स नेपाल तराई | ०.३ | १६,६०० |
बोटलर्स नेपाल बालाजु | –१.९४ | १९४५० |
हिमालयन डिस्टिलरी | ६.७ | १६०५.१० |
सर्वोत्तम सिमेन्ट | १० | ९९० |
शिवम् सिमेन्ट | १० | ७०१.८ |
घोराही सिमेन्ट | १० | ६१२.९० |
सोनापुर सिमेन्ट | १० | ५७६.४० |
स्रोत- नेप्से ।
प्रतिक्रिया 4