+
+
Shares

किसानलाई रासायनिक मलबारे जानकारी दिन मन्त्रालयमा कल सेन्टर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १८:४७

२५ साउन,काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर स्थापना गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार मल आपूर्ति र वितरणलाई अझ पारदर्शी बनाउने बारेमा सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था सुरु गरेको हो ।

उनका अनुसार कृषकले मन्त्रालयमा स्थापना गरिएको कल सेन्टरको पैसा नलाग्ने टोल फ्री नम्बर ०१–४२११४७६ मा कार्यालय समयभित्र फोन गरेर नजिकमा रहेको मल विक्रेताको  विवरण प्राप्त गर्न सक्ने छन् ।

टोल फ्री नम्बरमा सम्पर्क गरेर नजिककै डिलरले प्राप्त गरेको मलको कोटा सम्बन्धी विवरण र उक्त डिलरले प्रत्येक दिन बिक्री गरेको मलको विवरण समेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?