+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

खोलाले बगाएर मकवानपुरमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १८:२३

२७ साउन, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

बकैया गाउँपालिका–५ पावसस्थित सिमात खोलाले बगाएर ६५ वर्षीय आशाकाजी दोङको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

उनी १० बजे घरबाट पैसा झिक्न भन्दै चेक बोकेर बैंक भएको ठाउँ गरगरे बजारतर्फ हिँडेका थिए ।

स्थानीय दूध संकलन केन्द्रले दूधको १३ हजार रुपैयाँ जम्मा गरिदिएकाले बकैयाको गरगरेस्थित कृषि विकास बैंकमा पैसा झिक्न जाने क्रममा खोलाले बगाएको इलाका प्रहरी कार्यालय फापरबारीका इञ्चार्ज प्रहरी निरीक्षक नारायण थापाले बताए ।

खोलाले दोङलाई बगाएर करिब ७ सय मिटर तल पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?