+
+
Shares

मकवानपुर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उप्रेती ११ हजार २०४ मत अन्तरले विजयी भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ८:०३

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उप्रेती ११ हजार २०४ मत अन्तरले विजयी भएका हुन् ।

उप्रेती ३० हजार ५० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार महेश कुमार बर्तौलाले १८ हजार ८४६ मत पाए ।

नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ५६ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लवशेर विष्टले १२ हजार ४९२ मत पाए ।

उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङतानले ६ हजार २३७ मत पाउँदा श्रम संस्कृति पार्टीका युनेश लामा सिंतानले ९३२ र राप्रपाका रामबहादुर थोकरले ७८५ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?