+
+

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १४:३९

३० साउन, काठमाडौ । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागेको हो ।

२१ दिन अवधिको उक्त उपकरण १९ भदौमा परिपक्व हुनेछ । ब्याजदर बोलकबोलबाट तय हुने र ब्याज र सावाँ १९ भदौमा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरूले बुधबार ३ बजेभित्र अनलाइन विडिङ सिस्टम मार्फत बोलकबोल पेस गर्नुपर्नेछ । बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल पेस गर्न सक्नेछन् ।

उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?