+
+
Shares

पाल्पाका २१ पत्रकार पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते ९:४०

१२ भदौ, पाल्पा । पाल्पाका २१ जना पत्रकार पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखा मार्फत स्थापना भएका विभिन्न पुरस्कारबाट उनीहरु सम्मानित भएका हुन् ।

मंगलबार एक कार्यक्रमका बीच उनीहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, वरिष्ठ पत्रकार मेघराज शर्मा, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर, प्रदेश अर्थमन्त्री धनबहादुर कार्की, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, शाखा अध्यक्ष रेखीराम राना लगायतले नगद र सम्मानपत्र प्रदान गरे ।

पुरस्कार वितरण गर्दै मुख्यमन्त्री आचार्यले नेपालको हरेक परिवर्तनमा पत्रकारको मुख्य भूमिका रहेको बताउँदै पाल्पाको पत्रकारिता मोफसलमा चर्चामा रहेको उल्लेख गरे ।

पत्रकारलाई मनोबल बढाउनका लागि यस्ता पुरस्कारले थप जिम्मेवारी र आगामी दिनमा कार्य सम्पादनमा ऊर्जा मिल्ने उनले बताए ।

सोही अवसरमा मुख्यमन्त्री आचार्यले पाल्पासहित सिंगो प्रदेशको समृद्धि पर्यटनको विकासबाट हुने बताए।

उनले प्रदेशका १२ जिल्लालाई समेट्ने गरी लुम्बिनी हुँदै रुकुम पश्चिमसम्मको पर्यटन सर्किट बनएर प्रदेश सरकारले काम गर्ने उल्लेख गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?