
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोको चौथाे दिनसम्म टाटा मोटर्सको ३२८ वटा ‘पन्च ईभी’ बुकिङ भएको छ ।
कम्पनीका अनुसार अटो शोको पहिलो दिनमै एक सयभन्दा बढी गाडी बिक्रीका लागि बुकिङ भएको थियो । अटो शो अझै दुई दिनसम्म सञ्चालन हुनेछ ।
बाँकी दुई दिनमा पनि उत्साहजनक रूपमा बुकिङ हुने विश्वास रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिंजापतिले जानकारी दिए ।
टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4