+
+

नवप्रवर्तन प्रोत्साहित गर्न सफ्टवेरिका कलेजमा सुरु भयो ६ महिने ‘रोबो वारियर्स लिग’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १२:५५

काठमाडौं । विद्यार्थी प्रतिभा र नवप्रवर्तन प्रोत्साहित गर्न सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले ‘रोबो वार ब्याटल लिग’ सुरु गरेको छ । ‘रोबो वारियर्स लिग २०२४–२५’ नाम दिएर कलेजले ६ महिना लामो लिग सुरु गरेको हो ।

डिल्लीबजारस्थित कलेज परिसरमा सञ्चालन भइरहेको लिगमा कलेजका विद्यार्थीले निर्माण गरेका २४ भन्दा बढी रोबोट एकापसमा जुधाइने छ । ती रोबोट बनाउन विद्यार्थीलाई प्रविधि, शिक्षा लगायत अन्य क्षेत्रमा काम गरिरहेका कम्पनी तथा संघसंस्थाले प्रायोजन गरेका छन् ।

जसमा डीजी स्कुल ग्लोबल, स्टोर हाउस नेपाल, हाम्रो खेलकुद, ग्लाम हाउस स्टुडियो, यूके कलेज, क्वालिटी बिच रिसोर्ट, रामेश्वर इन्टेरियर्स, सनवे कलेज, अनलाइन ल्यापटप पसल, ब्रोडवे इन्फोसिस लगायतले सहयोग गरेका छन् ।

त्यसैगरी सेरेस अटोमोटिभ (एलएलआर), कोइराला साउन्ड३स एन्ड लाइट्स, हिमालयन ग्रुप, टेक एन्ड ट्रेन्डी, चाँगुरायण नगरपालिका, श्रेय ग्रुप कन्सल्टेन्सी, डाँफेलिंक, भायानेट कम्युनिकेसन, होटल डायमन्ड प्यालेस, द फ्रेन्ड्स क्याफे, इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए), युनिक्याम्पस ग्लोबल लगायत कम्पनीले पनि विद्यार्थी समूहलाई सहयोग गरेका छन् ।

प्रतियोगितामा सहभागी प्रत्येक विद्यार्थी समूहले प्रायोजक कम्पनी तथा संस्थालाई प्रतिनिधित्व गर्नेछन् । यसले प्रतिस्पर्धालाई नवप्रवर्तन र ब्रान्डिङको संगम बनाउने कलेजको श्विास छ ।

कलेजले केही वर्षअघि आफ्नो प्रविधि मेलामा संलग्न गरेको यो प्रतियोगिता यस वर्षबाट भने छुट्टै कार्यक्रमका रूपमा आयोजना भएको हो । यसमा कलेजका विद्यार्थीहरूको प्रतिभा अवलोकन गर्नुका साथै नवप्रवर्तनमा कलेजको उपलब्धि पनि देख्न सकिने छ ।

कलेज प्रमुख प्रमोद पौडेलका अनुसार यो लिग केवल प्रतियोगिता मात्र नभएर मनोरञ्जन सहितको व्यावहारिक सिकाइ हो । ‘यस प्रतियोगितामा विद्यार्थीहरूले रोबोटसँगको अनुभव लिने त छँदैछ,’ प्रमुख पौडेल भन्छन्, ‘सँगै विभिन्न क्षेत्रको उद्योगहरूसँगको सहकार्यले उनीहरूले जीवन्त सिप पनि सिक्न पाउने अवसर पाउँछन् ।’

यस प्रतियोगितालाई कलेजको नवप्रवर्तन सम्बन्धी आफ्नो प्रतिबद्धता पूरा गरेको मानकका रूपमा लिन सकिने उनको भनाइ छ । किनकि, प्रतियोगितामा विद्यार्थीहरूले रोबोट जुधाउने मात्र नभएर उद्योगमा काम गरिरहेकाहरूसँग प्रत्यक्ष सम्बन्ध बनाउने, अनुभव बटुल्ने पनि अवसर प्राप्त गर्छन् ।

यो प्रतियोगिता अन्तिम चरणसम्म हरेक आइतबा कलेज परिसरमा हुनेछ । त्यहाँ उपस्थित इच्छुकले निःशुल्क प्रत्यक्ष रोबोट युद्ध हेर्न सक्नेछन् । यसैगरी कलेजको फेसबुक र युट्युब च्यानलमार्फत पनि लाइभ हेर्न सकिने व्यवस्था छ ।

यस लिगमा प्रथम हुने समूहले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी द्वितीय हुनेले १ लाख र तृतीय हुने समूहले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सन् २०१० मा स्थापना भएको सफ्टवेरिका कलेजले नेपाली उच्च शिक्षाको रूपान्तरण गर्न बेलायतको कोभेन्ट्री युनिभर्सिटीसँग सहकार्य गरिरहेको छ ।

हाल कलेजमा बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टिलिजेन्स र एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टिलिजेन्स सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?