+
+
Shares

जीप दुर्घटना हुँदा मुगुमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १७:११

१९ भदौ, सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोरु गाउँपालिका–६ को बन्जाँहामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोरु गाउँपालिका–३ भिईगाउँका नरबहादुर बुमी रहेको जिल्ला प्रहरी कार्यालय मुगु प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार ग १ ज ६४६७ नम्बरको बोलेरो जीप बुधवार बिहान सोरुकोटदेखि गमगढी बजारतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

‘जीपमा चालक र सहचालक मात्रै हरेछन् । गाडी ब्याक गर्ने बेला दुर्घटना भएछ,’ डिएसपी थापाले अनलाइनखबरसँग भने, ‘गाडी ब्याक गर्दा सहचालक पनि बाहिर भएकाले केही भएन ।’ ब्याक गर्ने क्रममा जीप सड्कबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?