+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
४ बलमा १३ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
117/6 (19.2)
Shares

बझाङको जालीबगरमा खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते ८:४३

२१ भदौ, काठमाडौं । बझाङको छबिसपाथिभेरा गाउँपालिका १ जालीबगरमा सुक्खा पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानबाट पहिरो पन्छाउन सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका इन्सपेक्टर किशोर जोशीले पहिरो ठूलो भएकाले राजमार्ग खुलाउन केही घण्टा लाग्ने बताए ।

‘हिजो निरन्तर ढुंगामुढा झरिरहेकाले पहिरो पन्छाउन सकिएन, आज बिहानैबाट डोजरको सहायताले पहिरो पन्छाउन थालिएको छ,’ इन्सपेक्टर जोशीले भने, ‘ठूलै पहिरो भएकाले बाटो खुल्न समय लाग्छ ।’

पहिरो झर्न नरोकिएपछि स्थानीय प्रशासनले सो क्षेत्र नजिक जान रोक लगाएको थियो । बाटो पूर्णरुपमा बन्द भएकाले बझाङ–अत्तरीया खण्डमा चल्ने सवारी साधन चल्न सकेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?